गृहपृष्ठ Featured कपिलवस्तुमा ९९ प्रतिशत धान रोपाई सम्पन्न

कपिलवस्तुमा ९९ प्रतिशत धान रोपाई सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाइन

देशभर ९७.८९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तथ्याँकअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सम्पन्न भइसकेको छ भने सुदूरपश्चिममा ९९.०६ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत, वाग्मती प्रदेशमा ९८.०८ प्रतिशत, गण्डकीमा ९८.६४ प्रतिशत, प्रदेश २ मा ९६.८० प्रतिशत र प्रदेश १ मा ९६.८३ प्रतिशत रोपाईं भएका छन् । १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुन्छ

लुम्बिनी प्रदेशको अर्घाखाँची, बाँके, रोल्पा र रुपन्देहीमा रोपाई सम्पन्न भएको छ भने कपिलवस्तुमा ९९, बर्दिया, दाङ, रुकुम पूर्वमा ९८ र गुल्मीमा ९६ प्रतिशत रोपाईं भएको छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा रोपाईं भइसकेको छ भने बझाङमा ९९ प्रतिशत दार्चुला र डडेल्धुरामा ९८, डोटी र अछाममा ९७ र बाजुरामा ९५ प्रतिशत रोपाई भएको कृषि विभागले जनाएको छ ।

सम्बन्धित् समाचार