गृहपृष्ठ Featured १८ हजार ५८२ मा कोरोना परीक्षण गर्दा ३ हजार ९१५ लाई संक्रमण, २७ जनाको मृत्यु

१८ हजार ५८२ मा कोरोना परीक्षण गर्दा ३ हजार ९१५ लाई संक्रमण, २७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १८ हजार ५८२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार ७०८ जनाको पिसिआर र ६ हजार ८७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

यस्तै संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ८९ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ७९९, ललितपुरमा १२८ र भक्तपुरमा १६२ जना संक्रमित थपिएका हुन्।

त्यस्तै २ हजार ११८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ७९ हजार ४९५ जना कोरोना मुक्त भएका छन्।

 

यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ।

 

सम्बन्धित् समाचार