वैखरी अनलाइन
नेपाली कांग्रेस पार्टीको आसन्न १४ औँ महाधिवेशनमा कपिलवस्तु जिल्ला सभापतिमा दुर्गा सेनको उमेद्धवारी रहने पक्का भएको छ । बिगत ४ दशकबाट कांग्रेसको राजनितिमा सक्रिय रहेका सेनले नेपाली कांग्रेस जिल्ला सभापति पदमा उमेद्धवारी दिने भएका हुन ।
वैखरी अनलाइन मिडियासगं कुराकानी गर्दै सेनले आसन्न महाधिवेशनमा जिल्ला सभापति पदका लागी जिल्ला नेताहरु सुरेन्द्रराज आर्चाय, केशव कुमार श्रेष्ठ, अब्दुल कलाम र सुधाखर पाण्डेले आफुलाई सहयोग गर्नुपर्ने बताएका छन ।
यसअघि २ पटकसम्म जिल्ला सभापतिमा आफुले बर्तमान जिल्ला सभापति सुरेन्द्रराज आर्चायलाई सहयोग गरेको बताउदैँ यसपालि आफुलाई आर्चायले सहयोग गर्नुपर्ने बताए । त्यस्तै बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम मेयर हुदाहुदै जिल्ला सभापति पदमा दावेदारी गर्नु गलत रहेको सेनको भनाई छ ।
उता सुधाखर पाण्डेले पार्टीबाट धेरै अवसर पाइसकेकाले अवको पालोमा जिल्ला सभापति पदका लागी सहयोग गर्ने बिश्वास सेनले लिएका छन ।
त्यस्तै जिल्ला सभापति पदका लागी सहमति हुने सम्भावना नरहेकोले हरिराज घिमिरेले पनि आफुलाई सहयोग गर्नेमा बिश्वस्त रहेको सेनले बताए ।
नेपाली कांग्रेस जिल्ला सभापतिमा रामचन्द्र पौडेल पक्षबाट केशव कुमार श्रेष्ठ, अब्दुल कलाम, सुधाखर पाण्डे र सहमति भए हरिराज घिमिरे पनि सभापतिको दौडमा छन भने देउवा पक्षबाट राजेश आर्चाय एकल उमेद्धवार छन ।
राम चन्द्र पौडेल पक्षका नेताका रुपमा परिचित सेनले आफुले कुनै पनि हालतमा उमेद्धवारी दिने र फिर्ता नहुने कुरामा अडान लिर्दै चुनाव लडने नै योजना रहेको सेनले बताए ।
को हुन सभापतिका दावेदार सेन ?
बि.स. २०३२ सालबाट सक्रिय राजनितिमा लागेका दुर्गा सेन अहिले पनि उत्तिकै अनावरत रुपमा सक्रिय छन । नेपाली कांग्रेस पुर्व उत्तर क्षेत्रीय उप सभापतिका रुपमा ०४६ सालसम्म रही क्षेत्रस्तरमा पार्टीको सगंठन बिस्तार तथा अन्य गतिविधिमा लागेका थिए ।
०४८ सालमा नेपाली कांग्रेस पार्टीको तर्फबाट बन सुरक्षा समितिमा प्रतिनिधित्व गरेका सेन ०४८ सालको तत्कालीन बाणगंगा गाबिस वडा नः ७ को वडा अध्यक्ष समेत भएर काम गरे ।
बाल माध्यमिक बिद्यालय बैरीयाको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुदै श्रृड्ढीघाट सिचाई आयोजना ०३७ सालबाट सदस्य र ०७२ सालबाट अध्यक्ष पदमा रही हालपनि काम गर्दै आएका छन ।
सेनको यसअघि सम्पन्न प्रतिनिधि सभा र स्थानिय तहको निर्वाचनमा स्थानिय तहबाट सासंद र मेयर पदका लागी नाम पनि सिफरिस भएको थियो । हाल उनी महासमिति सदस्य छन । सेन पुराना नेताका रुपमा पार्टीभित्र परिचित रहेकाले बलियो उमेद्धवारका रुपमा समेत रहेका छन ।