गृहपृष्ठ Featured रुकुम पूर्वको उत्तरगंगा नदीमा बेपत्ता भएका दम्पतीको पाँच दिनपछि शव फेला

रुकुम पूर्वको उत्तरगंगा नदीमा बेपत्ता भएका दम्पतीको पाँच दिनपछि शव फेला

वैखरी अनलाइन

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता भएका दम्पतीको पाँच दिनपछि शव फेला परेको छ । साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता विक उत्तरगंगा नदीमा बगेर बेपत्ता भएका थिए ।

उनीहरुको दुवैको शव फरक–फरक ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनिचनको शव सल्यानको बनगाडकुपिन्डे नगरपालिकास्थित भेरी नदीको किनारमा फेला परेको छ भने श्रीमती अमृताको शव रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित सानीभेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार पुथाउत्तरगंगा गाउँपालिका–१२ स्थित त्रिवेणीबाट श्रीमती बगेपछि श्रीमान बचाउन नदीमा पसेका थिए । नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि दुवैको शव फेला परेको हो ।

सम्बन्धित् समाचार