गृहपृष्ठ Featured बतास फाउण्डेसनले बाणगंगा नगरपालिकालाई दियो २३ लाख बढिको स्वास्थ्य सामाग्री

बतास फाउण्डेसनले बाणगंगा नगरपालिकालाई दियो २३ लाख बढिको स्वास्थ्य सामाग्री

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकालाई बतास फाउण्डेसन र इस्लामिक रिलिफकोले अस्पतालजन्य स्वास्थ्य सामाग्री प्रदान गरेको छ । आज नगरपालिकाको भवनमा एक कार्यक्रमको आयोजना गरि अस्पतालजन्य स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

अस्पतालका लागी आवश्यक पर्ने करिव २३ लाख बढिको उपकरण तथा स्वास्थ्य सामाग्री बतास फाउण्डेसनका रुपन्देही कपिलवस्तु प्रमुख बिजय मल ठकुरीले नगरपालिकाका मेयर मगंल प्रसाद थारुलाई हस्तान्त्रण गरिएको हो ।

अस्पतालजन्य सामाग्री हस्तान्त्रण गर्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख मगंल प्रसाद थारुले फाउण्डेसनलाई धन्यवाद दिदै ति सामाग्रीले नगरको स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने र सेवा प्रदानमा सहज हुने बिश्वास लिएका छन ।

लुम्बिनि एकिकृत बिकास सस्था (लिडो) को सहकार्यमा सामाग्री बाणगंगा नगरपालिकालाई हस्तान्त्रण गरिएको थियो ।

सामाग्री बारे बिवरण

सम्बन्धित् समाचार