गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा थप ३८ हजार संक्रमित, ४७४ संक्रमितको मृत्यु

भारतमा थप ३८ हजार संक्रमित, ४७४ संक्रमितको मृत्यु

भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ७१३ जनामा संक्रमण भएको छ।  यो सँगै भारतमा संक्रमितको संख्या ३ करोड २१ लाख ५५ हजार ७६५ पुगेको छ।

भारतमा ३ लाख ९४ हजार ५६३ जना संक्रिय संक्रमित छन्।

यस्तै त्यहाँ एकैदिन ४७४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३० हजार ७५९ पुगेको छ ।

सम्बन्धित् समाचार