गृहपृष्ठ खबर १७ खेलाडी बाहिरिए बन्द प्रशिक्षणबाट

१७ खेलाडी बाहिरिए बन्द प्रशिक्षणबाट

प्रकाशित मिति:

काठमाडौं ; राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन्। यसअघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेलसहित १७ खेलाडी प्रारम्भिक बन्द प्रशिक्षणबाट बाहिरिएको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो चरणका लागि ४५ खेलाडीबाट २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ। एन्फाले एएफसी महिला एसियन कप– २०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। तर, परीक्षाको कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र अर्का एक खेलाडी कोरोना संक्रमणको कारण उपस्थित नभएका एन्फाले जनाएको छ।

एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। एसियाली फुटबल महासंघले सुरुवाती चरणमा छनोट खेल नेपालमा नै आयोजना गर्ने भने पनि कोरोनाको बढ्दो संक्रमणका कारण तटस्थ स्थल उज्वेकिस्तानमा आयोजना गर्ने जनाएको छ।

छनोट खेल १३ देखि २५ सेप्टेम्बरसम्म हुँदै छ । २८ टोलीलाई आठ समूहमा विभाजन गरी छनोट खेल सञ्चालन हुन लागेको प्रतिस्पर्धाबाट समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछन्।

सम्बन्धित् समाचार