गृहपृष्ठ खबर लुम्बिनी लर्निङ्ग सेन्टरद्धारा विधार्थीलाई मायाको चिनो सहित विदाई

लुम्बिनी लर्निङ्ग सेन्टरद्धारा विधार्थीलाई मायाको चिनो सहित विदाई

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमै उत्कृष्ट नतिजा ल्याई जिल्लामै सर्वोत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.ले ब्रिज कोर्ष अध्ययनरत विधार्थीलाई मायाको चिनोसहित विदाई कार्यक्रम सम्पन्न गरेको छ । सेन्टरले आज आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरि सो कार्यक्रम सम्पन्न गरेको हो । सेन्टरले करिब एक सय विधार्थीहरुलाई विदाई गरेको प्रबन्ध निर्देशक असिम कंडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा विधार्थीहरु सपना पौडेल, सविना थापा, सृष्टि घिमिरे, अनन्त ढकाल, विपिन क्षेत्री, प्रसिद्ध चौधरी, सिमा चौधरी, प्रतिमा चौधरी, सुविचार घिमिरे, सौरभ के.सी., स्मृति पोख्रेल र सुजल पाण्डेले आआफ्नो धारणा राखेका थिए । त्यस्तै शिक्षकहरु रविन्द्र पौडेल मधुसुधन पाण्डे, प्रलात पौडेल र सुजन पौडेलले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।

विधार्थीहरुले ब्रिज कोषको भूमिका बारे राम्रोसंग बुझ्न सकेको र यसको महत्वले आगामी दिनमा महत्वपूर्ण प्रभाव पार्ने बताएका थिए । उनीहरुले देशका उत्कृष्ट अन्य विधालयहरुको बारेमा जानकारी समेत प्राप्त गरेको भन्दै लर्निङ्ग सेन्टर प्रा.लि.ले छात्रबृतिको लागी पहल गर्ने महत्वपूर्ण काम गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

विभिन्न भाषा, कम्प्युटर तथा ट्युसन कक्षा सञ्चालनमा उत्कृष्ट सावित कपिलवस्तुको चार नम्बर जितपुरस्थित सेन्टरले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै विगत केही महिनादेखि ब्रिज कोर्ष सञ्चालन गर्दै आएको थियो । सेन्टरका प्रबन्ध निर्देशक असिम कंडेलले कोरोना महामारीका कारण जारी निषेधज्ञाले गर्दा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुको समस्या र मागलाई मध्यनजर गर्दै आएको ब्रिज कोर्ष सञ्चालन गरिएको र जसले धेरै विधार्थीको आगामी भविष्य उज्जल हुने विश्वास व्यक्त गर्नुभयो ।

विद्यार्थीहरु चिन्तित भई रहेको अवस्थामा छन् सोहि समस्यालाई मध्यनजर गरी लुम्बिनी लर्निङ्ग सेन्टरले कक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरुले खुसी भएका छन् । कार्यक्रम संचारकर्मीहरु तथा लोक तथा दोहोरी गायक विमल गैरेको आतिथ्यतामा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार