काठमाडौँ : सरकारले प्रतिनिधिसभाको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अन्त्य गरेकी हुन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपतिले संसद् अन्त्य गरेको पत्र पढेर सुनाएका थिए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँत्याएपछि गत साउने ३ गतेबाट अधिवेशन सुरू भएको थियो । सभामुख सापकोटाले ८औं अधिवेशनमा संसद् २० घण्टा १५ मिनेट क्रियाशील रहेको जानकारी दिएका थिए ।
अधिवेशनमा विभिन्न अध्यादेश पेस भएका, संसदीय समिति र संवैधानिक आयोगहरूका प्रतिवेदन पेस गरिएको र पूर्व सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।








