गृहपृष्ठ खबर भारतीय सहयोगमा सञ्चालित परियोजना कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने सहमति

भारतीय सहयोगमा सञ्चालित परियोजना कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने सहमति

भारतीय सहयोगमा सञ्चालित परियोजना कार्यान्वयन प्रक्रियालाई तीव्रता दिन नेपाल र भारत सहमत भएका छन् । नवौँ परियोजना अनुगमन समिति (ओभरसाइट मेकानिजम) को काठमाडौंमा बसेको बैठकमा दुवै देशका अधिकारी सहमत भएका हुन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र परराष्ट्रसचिव भरतराज पौड्यालको सहअध्यक्षतामा बैठक सोमबार सम्पन्न भएको हो ।

बैठकमा विभिन्न मन्त्रालय, विभाग र नेपाल सरकारका निकायहरूका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी र परियोजनाको कार्यान्वयनमा संलग्न परामर्शदाता, ठेकेदार र अन्य सरोकारवालाहरूको उपस्थिति थियो ।

भारतीय राजदूतावासले विज्ञप्ति जारी गरी आठौँ बैठकयता गरिएका द्विपक्षीय सहकार्य परियोजनाहरूको विस्तृत रूपमा समीक्षा भएको र दुवै पक्षले विषयमा गहन छलफल गर्नुका साथै परियोजनाहरूको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने कुरामा सहमत भएको जनाएको छ ।

सम्बन्धित् समाचार