अशोक पौडेल
कपिलवस्तुको महेन्द्र लोकमार्गमा छाडा गाइवस्तुको बिगबिगि बढदै गएको छ । जसका कारण कपिलवस्तुका स्थानिय बासी हैरानीमा परेका छन । गाउघरमा रातको समयमा बाली खाने छाडा गाइवस्तु अहिले बजारमा देखिन थालेका छन । २०÷ को समुहमा छाडागाइवस्तु सडकमा बस्ने , हुल बाधेर हिडने, हिड्ने मानिसलाई हान्ने, ठेलाका फलफुल तथा सागसब्जी खाइदिने जस्ता समस्याले कपिलवस्तुबासी अहिले ग्रसित भएका छन । बिच सडकमा छाडा गाइवस्तु बसी दिनाले कहिले काहीँ सडक जाम हुने, सर्व साधारणलाई बाटो काट्न अफ्ठयारो हुने गरेको छ ।
उनीहरुको दिशा पिसावले समेत बजार दुर्घधित बन्दै गएको छ । जिल्लाको बाणगंगा बुद्धभुमी शिवराज, कृष्णनगर, कपिलवस्तु नगरपालिका भित्र रहेका छाडा गाइवस्तु ब्यवस्थापनमा नगरपालिकाले पनि यसको ब्यसव्थापनका कुनै चासो देखाएको छैन ।
जहिले पनि छाडा गाइवस्तु हामीलाई हैरान बनाए यसप्रति कसैको ध्यान जादैन जितपुरका स्थानिय युवा जितपुरका जितेन्द्रं श्रेष्ठले बताए । यस बिषयमा आफुहरुले पटक पटक नगरपालिकालाई जानकारी गराएको तर कुनै सुनुवाई नभएको उनले जानकारी दिए । छाडागाई वस्तुले हिडने सर्वसाधारणलाई हान्ने समेत गरेको उनी बताउछन । हालसम्म करिव ५÷६ जनालाई हानेर उपचारका लागी समेत यहाँबाट लगेको उनी बताउछन । पटक पटक पटक छाडागाइवस्तुले हानेर अस्पतालमा लगी उपचार गरी बिरामीलाई घर फर्काएको प्रंहरीले समेत जनाएको छ ।







