गृहपृष्ठ Featured शितगंगा नगरपालिकाकामा पहिलो पटक भिडियो एक्सरे सेवा सुरु

शितगंगा नगरपालिकाकामा पहिलो पटक भिडियो एक्सरे सेवा सुरु

शितगंगा नगरपालिकाको प्रमुख स्वास्थ संस्था प्रथामिक स्वास्थ केन्द्र ठाडामा भिडियो एक्सरे सेवा सुरु गरिएको छ ।  अस्पताल सञ्चालन भएको लामो समय भए पनि शितगंगाको प्रमुख स्वास्थ केन्द्रमा अहिले सम्म भिडियो एक्सरे सम्बन्धी सेवा सञ्चालनमा थिएन  ।

भिडियो एक्सरे सेवा नहुँदा खास गरि गर्भवती महिलाहरु भिडियो एक्सरे गराउन टाढा पुग्नु पर्ने बाध्यता रहेको थियो । अब गर्भबती महिलाको परिक्षण र बच्चाको अबस्था बुझ्न टाडा जानु पर्ने समस्या समाधान भएको स्वास्थ शाखा प्रमुख नमनारायण बेल्बासेले बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख सुर्य प्रसाद अधिकारी उपप्रमुख टिका रेस्मि तथा प्रमुख प्रशासकिय अधिकृत प्रेम केसीले दिप प्रज्वलन गरि सेवाको उद्धघाटन गर्नु भएको हो ।

कार्यक्रममा अस्पताल सञ्चालन समितिका अध्यक्ष हेमनाथ भुसालले अस्पतालको भवनमा पानी चुहिने समस्याले गर्दा सेवा प्रभाबित भएको बताउनु भयो । अस्पताल प्रबेश सडकको समस्याले सधै आलोचित बन्नु परेको भन्दै सडक सुधारमा गम्भिर हुन नगर प्रमुख तथा उपप्रमुखलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बिस्तारै अस्पताले सेवा सुबिधा बढाउदै गएको बताउनु भएको छ ।

पहिला सामान्य औषधी मात्र पाउने अस्पतनलमा अहिले २ जना डाक्टर सहितको सेवा सुरु भएसकेको बताउदै नगरपालिकाले जनताको स्वास्थ्यमा लगानी गर्न पछि नपरेको बताउनु भयो ।

भिडियो एक्सरे सेवा सुरु भए पछि अब गर्भवती महिलाहरुले नियमित चेकजाँच गर्नेमा बिश्वास ब्यत्त गर्दै गर्भवती महिलाको भिडियो एक्सरे गर्दा कुनै शुल्क नलिन अस्पताल प्रसाशनलाई अनुरोध गर्नु भयो । कार्यक्रममा अस्पतालका सञ्चालन समितिका शुमन्त पौडेल ऋषि घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार