गृहपृष्ठ खबर अफगान राष्ट्रपति अशरफ घानी यूएईको शरणमा

अफगान राष्ट्रपति अशरफ घानी यूएईको शरणमा

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स ९यूएई० ले बताएको छ। गत आइतवार तालिबान राजधानी काबुलतर्फ अघि बढेपछि घानीले देश छाडेका थिए।

यूएईको विदेश मन्त्रालयले मानवीयताका आधारमा घानी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ। बुधवार जारी गरेको एउटा भिडियोमा घानीले आफू देशबाट नभागेको दाबी गर्दै देशलाई ठूलो दुर्घटनाबाट बचाउन देश छाडेको बताए।

फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका उनले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्लालाई त्यो पूर्ण रूपमा आधारहीन झुट भएको भन्दै अस्वीकार गरे।

देश छाडेपछि ७२ वर्षीय घानीले अफगानिस्तानका अन्य राजनीतिज्ञले उनको कडा आलोचना गरिरहेका थिए। अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानमा औपचारिक रूपमा सत्ता हस्तान्तरण नभएको भन्दै त्यसलाई जारी राखेको हो।

सम्बन्धित् समाचार