गृहपृष्ठ Featured शुक्रबारदेखि विद्यार्थीलाई भेरोसेल खोप, ४० वर्ष माथिकाले पनि पाउने

शुक्रबारदेखि विद्यार्थीलाई भेरोसेल खोप, ४० वर्ष माथिकाले पनि पाउने

काठमाडौंमा १८ वर्षमाथिका विद्यार्थीले कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन्  । शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज दिइने भएको हो ।

१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई शुक्रबारदेखि खोप दिइन लागिएको हो ।

शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने छ ।

यी हुन् खोप केन्द्रहरू:

– सशस्त्र प्रहरी अस्पताल, बलम्बु
– वीरेन्द्र सैनिक अस्पताल, छाउनी
– राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
– नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
– वीर अस्पताल, रत्नपार्क
– निजामति कर्मचारी अस्पताल, वानेश्वर
– परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
– शिक्षण अस्पताल, महाराजगञ्जकाठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
– अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र

सम्बन्धित् समाचार