गृहपृष्ठ खबर त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

काठमाडौंं : आइसिसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी)सँग हुने दुई ुएक दिवसीय सिरिजुका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीव्र गतिका बलर गुल्सन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्।

मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर गुल्सन पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए। सिरिजका लागि घोषणा भएको टोलीमा स्थान बनाएका गुल्सनले पहिलोपटक राष्ट्रिय जर्सी पहिरिने मौका पाएका हुन्। गुलसनसँगै अर्का तीव्र गतिका बलर विक्रम सोब, शरद भेषवाकर र रोहितकुमार पौडेल पुनः राष्ट्रिय टोलीमा परेका छन्।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ भने उक्त सिरिजअगाडि पिएनजीसँग दुई एक दिवसीय खेल खेल्नेछ। त्यसका लागि नेपाली टोली मंगलबार बिहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका रहेको छ। नेपालले सिरिज र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्नेछ । त्रिकोणत्मक सिरिजअगाडि पिएनजीसँग नेपालले भदौ २० मा पहिलो र भदौ २३ मा दोस्रो खेल खेल्नेछ। ओमानमा नै रहने टोलीले चार दिनपछि त्रिकोणात्मक सिरिज खेल्नेछ। यद्यपि, खेल तालिका भने सार्वजनिक भएको छैन।

सम्बन्धित् समाचार