गृहपृष्ठ खबर १ हजार ४२४ जनामा कोरोना पुष्टि, थप ३० को मृत्यु

१ हजार ४२४ जनामा कोरोना पुष्टि, थप ३० को मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा ७ हजार ७०३ जनाको पीसीआर परीक्षणमा १ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ५ हजार ३७२ जनाको एन्टिजेन परीक्षणमा ६५१ जनामा संक्रमण देखिएको छ । एन्टिजेन र पीसीआर परीक्षण दुवै गरी २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ भने २४ घण्टामा निको हुनेको संख्या २ हजार ३८२ रहेको छ । देशभर हालसम्म ३९ हजार ३२१ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित् समाचार