गृहपृष्ठ खबर माओवादीको लुम्बिनी प्रदेश इन्चार्जमा बलदेव

माओवादीको लुम्बिनी प्रदेश इन्चार्जमा बलदेव

काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो। बैठकले पार्टीका विभागहरुको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उनले जानकारी दिए।

बैठकले पार्टीलाई व्यवस्थित र विधिसंगत् रुपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरुसँग एकता र ध्रुविकरणको लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।

कुन प्रदेशको इन्चार्ज को ?

प्रदेश १ : पछि तोकिने

प्रदेश २ : गणेश साह

वागमती : हितमान शाक्य

गण्डकी : हितराज पाण्डे

लुम्बिनी : चक्रपाणी खनाल

कर्णाली : शक्तिबहादुर बस्नेत

सुदूरपश्चिम : खगराज भट्ट

 

 

सम्बन्धित् समाचार