आज देशभर बदली रही धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज राति प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्नेछ । गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
अहिले देशभर बदली रही प्रदेश १, २, बागमती र गण्डकीलगायत प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ ।
भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । प्रदेश २, गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
भोलि राति प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने तथा प्रदेश १, २, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।








