गृहपृष्ठ खबर इन्टर मिलानको लगातार दोस्रो जित

इन्टर मिलानको लगातार दोस्रो जित

एजेन्सी : साविक विजेता इन्टर मिलानले इटालियन सिरिज ‘ए’ मा लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार राति भएको खेलमा घरेलु टोली हेलास भेरोनालाई ३-१ गोल अन्तरले हराउँदै इन्टरले लगातार दोस्रो जित निकालेको हो।

इन्टरको जितमा जोआक्विन कोरियाले दुई गोल गर्दा लौटारो मार्टिनेजले एक गोल गरेका थिए। पराजित भेरोनाको लागि इभान इलिकले एक सान्त्वना गोल फर्काएका थिए।

खेलमा अग्रता भने घरेलु टोली भेरोनाले बनाएको थियो। उसका इभानले १५ औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा अग्रता जोगाएको भेरोना दोस्रो हाफमा भने निरीह रह्यो।

लौटारो मार्टिनेजले ४७ मिनेटमा गोल गर्दै खेल बराबरीको स्थितिमा ल्याए। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ८३ औं मिनेट र इन्जुरी समयमा गोल गरेका थिए ।

सम्बन्धित् समाचार