गृहपृष्ठ खबर रसेलले १४ बलमै बनाए अर्धशतक

रसेलले १४ बलमै बनाए अर्धशतक

एजेन्सी : वेस्टइन्डिजमा जारि करेबियन प्रिमियर लिग (सिपिएल टी-२०) मा आन्द्रे रसेलले १४ बलमै अर्धशतक पुरा गरेका छन्।

जमैका तलावाजका रसेलले सेन्ट लुसिया बिरूद्धको खेलमा १४ बलमा ३ चौका र ६ छक्का सहित अविजित ५० रन बनाएका हुन्।

इनिंग्सको १८ औं ओभरमा ब्याटिङ गर्न आएका रसेलले ओभरको पहिलो बलमा १ रन लिएका थिए। त्यस पछि १९ औं ओभरको पहिलो बलमा छक्का प्रहार गरे। उनले यो ओभरमा ४ छक्का र एउटा नो बलमा चौका प्रहार गरे।

२० औं ओभरको दोस्रो बल सामना गरेका उनले लगातार ओबेद म्याकोयलाई लगातार २ छक्का प्रहार गरे भने ओभरको अन्तिम २ बलमा चौका हिर्काउदै अर्धशतक पुरा गरेका थिए।

सम्बन्धित् समाचार