गृहपृष्ठ खबर अमेरिकामा खतरनाक आँधी आउने चेतावनी

अमेरिकामा खतरनाक आँधी आउने चेतावनी

लुइजियाना : संयुक्त राज्य अमेरिकाको लुइजियाना राज्यमा सन् १८५० औं दशकयताकै खतरनाक आँधी आउने चेतावनी दिइएको छ । हुरिकेन इदा नाम दिइएको उक्त आँधी आइतबार लुइजियाना राज्य आइपुग्ने चेतावनी स्थानीय सरकारले दिएको छ ।

नेसनल हुरिकेन सेन्टरका अनुसार इदा हुरिकेन शनिबार मध्यरातिसम्म इदा हुरिकेन मेक्सिकोको गल्फ क्षेत्रसम्म आइपुगेको छ भने आइतबार बिहान ९स्थानीय समय० सम्म अमेरिकाको लुइजियाना प्रान्तमा आइपुग्ने छ । सो हुरिकेन सन् १८५० यताकै विनाशकारी रहेको र आइतबार साँझसम्म उक्त राज्यमा रहने प्रक्षपेण हुरिकेन सेन्टरले गरेको छ ।

प्रतिघण्टा २१० किलोमिटर हावाको वेगमा आउने हुरिकेन इदा निकै शक्तिशाली भएको हुरिकेन सेन्टरले जनाएको छ । उक्त हुरिकेनले भारी वर्षा र आँधी तुफान ल्याउने जनाइएको छ ।

यसअघि सन् १८५० मा लुइजिनिया प्रान्तमा इतिहासकै विनाशकारी हुरिकेन आएको थियो । उक्त हुरिकेनभन्दा इदा हुरिकेन झनै खतरनाक रहेकाले स्थानीयहरुलाई सर्तक रहन अधिकारीहरुले आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार