गृहपृष्ठ खबर अर्थमन्त्रीलाई युवा व्यवसायीहरूको ११ बुँदे सुझाव

अर्थमन्त्रीलाई युवा व्यवसायीहरूको ११ बुँदे सुझाव

प्रकाशित मिति:

काठमाडौं : युवा व्यवसायीहरूले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर ११ बुँदे सुझाव दिएका छन् । नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गतको योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) को एक प्रतिनिधिमण्डलले मंगलबार मन्त्री शर्मालाई भेटेर अझ बढी व्यवसायमैत्री वातावरण निर्माणका लागि विभिन्न ११ बुँदे सुझाव दिएका हुन् ।

उनीहरूले नयाँ मौद्रिक नीति मार्फत सिसिडी रेसियो खारेज गरी सिडी रेसियो तोकी यसमा निक्षेपको ९० प्रतिशत कर्जा परिचालन गर्न सक्ने व्यवस्था संशोधन गर्न सुझाव दिएका छन् ।

बैंकहरूले जारी गरेका ऋणपत्रलाई सिडी नजोडिने व्यवस्थाले अधिकांश बैंकको सिडी रेसियो अहिले नै कटिसकेको र कट्न बाँकीको पनि ९० प्रतिशत हाराहारी पुगिसकेकोले उनीहरूको तर्क छ । यस्तो हुँदा बढी ब्याज दिएर निक्षेप संकलन गर्नुपर्ने बाध्यता बन्ने, जसका कारण बैंकको लागत बढ्न गई स्वतःकर्जाको ब्याजदर बढ्न जाने फोरमको जिकिर छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराएको पुनर्कर्जाको रकम लगायतका अन्य स्रोतहरु कर्जा–निक्षेप अनुपातमा जोड्न पाउने व्यवस्था भए बैंकहरुको लगानी योग्य रकम वृद्धिभई केही मात्रामा भए पनि व्यवसायीलाई राहत हुने सुझावमा उल्लेख छ ।

सम्बन्धित् समाचार