गृहपृष्ठ खबर रोनाल्डो र युनाइटेडबीच दुईवर्षे सम्झौता

रोनाल्डो र युनाइटेडबीच दुईवर्षे सम्झौता

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आधिकारिक रूपमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा फर्केका छन् । युनाइटेडले मंगलबार आफ्ना पूर्वखेलाडी रोनाल्डोसँग दुई वर्षको सम्झौता गरेको जनाएको छ । रोनाल्डोलाई भित्र्याउन युनाइटेडले १५ करोड युरो खर्चेको बिबिसीले जनाएको छ । ३६ वर्षीय रोनाल्डो स्न २००९ मा युनाइटेड छाड्दै स्पेनिस क्लब रियल म्याड्रिडमा कीर्तिमानी रकममा अनुबन्धित भएका थिए ।

रोनाल्डोले युनाइटेड छाडेयता म्याड्रिड तथा सिरिए क्लब युभेन्ट्सबाट खेले । गत साता युभेन्टस्सँग सम्झौता नवीकरण नगर्ने घोषणा गर्दै रोनाल्डोले फ्री ट्रान्सफर विन्डोमा समावेश गरेका हुन् ।

उनलाई भित्र्याउन इंग्लिस प्रिमियर लिगकै साविक विजेता म्यानचेस्टर सिटी पनि इच्छुक थियो । तर, प्रावधिक कारणले सिटीले रोनाल्डोलाई अनुबन्धित गर्न सकेन । त्यसपछि रोनाल्डोमाथि युनाइटेडले प्रस्ताव राखेको हो ।

सम्बन्धित् समाचार