गृहपृष्ठ खबर पहिलो हाफमा भारतमाथि नेपालको अग्रता

पहिलो हाफमा भारतमाथि नेपालको अग्रता

काठमाडौं : भारतमाथि नेपालले पहिलो हाफमा अग्रता लिएको छ। काठमाडौंको दथरथ रंगशालामा भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पहिलो हाफमा गोल गरेको हो।

नेपालका लागि खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गरे। सिमित दर्शकको उपस्थितिमा भइरहेको खेलमा नेपाल सरकार र विश्व फुटबल महासङ्घ ९फिफा०ले तोकेको सबै मापदण्ड पूरा गरेका दर्शकलाई मात्र मैदानमा प्रवेश गराइएको छ।

नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौं आइपुगेको थियो। मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोलीले नेपालसित दुई मैत्रीपूर्ण खेल्नेछ।।

नेपाल र भारतबीच दशरथ रंगशालामा छ वर्षपछि फुटबल हुन लागेको हो। भारतीय भूमीमा भने नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा खेले भएको थियो। उक्त खेलमा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो ।

सम्बन्धित् समाचार