गृहपृष्ठ Featured बाणगंगाका ११ सहकारी खारेजी प्रकृयामा, २९ गतेसम्मको अल्टिमेटम

बाणगंगाका ११ सहकारी खारेजी प्रकृयामा, २९ गतेसम्मको अल्टिमेटम

कपिलवस्तुको बाणगंगा नगरपालिका अन्तरगत रहेर संचालित बिभिन्न ११ सहकारी संस्थाहरु खारेज हुने भएका छन् । सहकारीको मर्म र भावना विपरित चलेका, समयमै अधिवेशन र साधारण सभा नगरेका लगायतका कारण दुग्ध, बचत, कृषि र ऋण गरी ११ सहकारीलाई नगरले खारेजी प्रकृयामा लगेको हो ।

यसरी खारेज हुने प्रकृयामा वडा नम्बर ११ का फेवा कृषि सहकारी, आकस्मिक कृषि सहकारी, जनक कृषि सहकारी, सामुहिक कृषि सहकारी, त्रिसुल कृषि सहकारी, ओशो कृषि सहकारी, वडा नम्बर १ को सामुहिक कृषि सहकारी, वडा नम्बर १० का पटना महिला कृषि सहकारी र परोपकार उपभोक्ता सहकारी, वडा नम्बर ३ को सहिद स्मृति सहकारी, वडा नम्बर ९ को कोइली दुग्ध सहकारी र वडा नम्बर ४ को सिद्धार्थ मिलिजुली दुग्ध सहकारी संस्थाहरु रहेका नगरपालिकाको सूचनामा उल्लेख छ ।

यी सहकारीहरु खारेज नहुने प्रमाण भए भदौ २९ गतेभित्र आवश्यक निवेदनसहित नगरपालिकामा आउन पनि शेयर सदस्य र सरोकारवालालाई सूचित गरिएको छ । नगरको भदौ ८ गते बसेको नगरकार्यपालिकाको वैठकले सो निर्णय गरेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।नगरपालिका सहकारीहरुलाई थप ब्यवस्थित गर्ने, मर्जर गर्ने लगायतका काम अगाडी बढेको उहाँले बताउनु भयो ।

 

सम्बन्धित् समाचार