कपिलवस्तु : प्रेस संगठन नेपाल कपिलवस्तुको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको गोरुसिगेमा आयोजित भेलाले अर्जुन कुमार बेल्वासेको संयोजक्तवमा ३१ सदस्य जिल्ला सम्मेलन आयोजक कमिटि गठन गरिएको छ । भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश ईन्चार्ज चक्रपाणी खनाल (बलदेव)ले पत्रकारहरुले निष्पक्ष रुपमा जनताको आवाज बोल्नुपर्ने बताउनुभयो । कुनै दल सँग आस्था राखेपनि कसैलाई विभेद नहुने गरि सुचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा माओवादीका जिल्ला संयोजक विष्णु शाहले पत्रकारीता स्वच्छ र मर्यादित सहित पत्रकारिता गर्न सुझाव दिनुभयो । प्रेस संगठन कपिलवस्तुले गरेका कामहरु प्रति सकारात्मक रहेको बताउँदै खोजमुुलक समाचार सहित सुचना प्रवाह गर्न सुझाव दिनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहाकार मानसिह विकले नेपाली पत्रकारीता जगतकै कारण अहिलेको परिस्थित आएको बताउनुभयो ।
नेकपा माओवादि वुद्धभुमि नगरकमिटिका सचिव वसन्त गिरीले स्थानिय तहमा भएका अनियमिततालाई पत्रकाहरुले लेख्नुपर्ने बताउनुभयो । प्रेस संगठन जहिले पनि नेतृत्वममै रहेकोले सगठनमा आवद्ध सबैलाई समेटनुपर्ने बताउनुभयो ।
उहाँले पाटीले गरेका कृयाकलापहरुलाई जनतासम्म पुर्याउन पत्रकाहरुको मुख्य भुमिका रहनेमा जोड दिनुभयो । त्यस्तै प्रेससंगठनले प्रत्येक वर्ष दिदै आएको सिपि शर्मा युवा पत्रकारीता पुरस्कार पत्रकार अर्जुन बेल्वासेलाई प्रदान गरिएको छ । नगद १५ हजार सहित दोसल्ला ओढाएर बेल्वासेलाई सम्मान गरिएको हो ।