हालै अफगानिस्तानको सत्ता हातमा लिएको तालिवाने पंजशीर पनि आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ। तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजहिदले एक विज्ञप्ती जारी गर्दै अफगानीको समर्थन र इश्वरको सहयोगले पंजशीरमाथि विजय हासिल गरेको उल्लेख गरेका छन्।
पंजशीर राज्य यसअघि रेजिस्टेन्स् समूहको कब्जामा थियो। पंजशीरका रेजिस्टेन्स फोर्सले तालिवानलाई हमला रोक्नुपर्ने शर्त राख्दै शान्ति वार्ताको प्रस्ताव गरेको थियो।
भारतीय सञ्चार माध्यम भास्करले भने पंजशीर क्षेत्रमा पाकिस्तानी पाइलटले हेलिकप्टरमार्फत हमला गरेका थिए। त्यसपछि पंजशीरमा रहेका रेजिस्टेन्सका प्रमुख नेता तथा पूर्व राष्ट्रपति अमरुल्ला सालेह ताजकिस्तान भागेको बताइएको छ।










