गृहपृष्ठ खबर पेरुमाथि ब्राजिलको सहज जित

पेरुमाथि ब्राजिलको सहज जित

प्रकाशित मिति:

विश्वकप क्वालिफायर्सको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुमामाथि सहज जित निकालेको छ। ब्राजिलस्थित एरेना पेर्नाम्बुको स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले पेरुलाई २-० गोल अन्तरले हराएको हो।

खेलको १४ औं मिनेटमा एभर्टन रिभेरियोको गोलमा ब्राजिलले अग्रता बनाएको थियो। त्यस्तै ४० औं मिनेटमा नेइमारले गोल थप्दा पहिलो हाफमा ब्राजिल दुई गोलले अघि रह्यो। दोस्रो हाफमा दुबै पक्षले गोल गर्न नसक्दा ब्राजिलले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै आजै सम्पन्न अन्य खेलहरुमा लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियामाथि ३-० को जित निकाल्यो। त्यस्तै कोलम्बियाले चिलीमाथि ३(१ गोलअन्तरले जित निकाल्दा उरुग्वेले इक्वेडरमाथि १-० ले जित निकाल्यो। त्यस्तै पाराग्वेले भेनेजुएलामाथि २-१ गोलअन्तरको जित निकाल्यो।

जितसँगै ८ खेलबाट २४ अंक जोडेको ब्राजिल तालिकाको शीर्षस्थानमा छ भने १८ अंक जोडेको अर्जेन्टिन्टिना तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै भने १५ अंक जोडेको उरुग्वे तेस्रो र समान १३र१३ अंक जोडेका इक्वेडर र कोलम्बिया चौथो र पाँचौँ स्थानमा छन्। ८ अंक जोडेको पेरु भने तालिकाको सातौं स्थानमा छ।

सम्बन्धित् समाचार