गृहपृष्ठ खबर रणनीतिक दाउपेचको ‘अखडा’

रणनीतिक दाउपेचको ‘अखडा’

काठमाडौं : आ–आफ्नो स्वार्थअनुसार चलाउन खोज्ने सत्तापक्ष र प्रतिपक्षको रणनीतिक दाउपेचले संसद् बैठक टकरावको थलो बनेको छ । एमाले विभाजनमा सत्तापक्ष र सभामुखले षड्यन्त्र गरेको निष्कर्षसहित प्रमुख विपक्षी दलले संसद्लाई अवरोध र बन्धक बनाउने रणनीति लिएको छ । तर, विपक्षीको अवरोधलाई छिचोल्दै सत्तापक्षले एकतर्फी रूपमा संसद्का कामकारबाही अगाडि बढाएको छ ।

बुधबारजस्तै प्रमुख प्रतिपक्ष दल एमालेले शुक्रबार पनि संसद्लाई अवरोध गर्ने भरमग्दुर प्रयास ग¥यो । उसले सहज ढंगले प्रतिनिधिसभा चल्न दिएन । तर, विपक्षीको अवरोध कायमै रहँदा सरकारले भने प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश– २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश– २०७८ र विनियोजन अध्यादेश– २०७८ को प्रतिस्थापन विधेयक पेस गरेको छ ।

सत्तापक्ष र प्रतिपक्ष रणनीतिबाट पछाडि हट्न तयार छैनन् । बरु, संसद् अवरोध र कारबाहीलाई लिएर सत्तापक्ष र प्रतिपक्षका आ–आफ्ना तर्क छन् । माओवादी प्रमुख सचेतक देव गुरुङले एमालेसँग माग नभएको र संसद्मा आक्रोश मात्रै पोखेको टिप्पणी गरे ।

सम्बन्धित् समाचार