काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक सुरु भएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए।
बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने तामाङले जानकारी दिए।








