गृहपृष्ठ खबर पोखरा महानगरमा कांग्रेसको उम्मेदवारी आवश्यकताभन्दा कम

पोखरा महानगरमा कांग्रेसको उम्मेदवारी आवश्यकताभन्दा कम

प्रकाशित मिति:

पोखरा : नेपाली कांग्रेसको पोखरा महानगर कार्यसमितिमा पदाधिकारी बन्न उम्मेदवारको लर्को देखिएको छ। महानगर कार्यसमितिमा भने आवश्यकभन्दा कम संख्यामा मात्र उम्मेदवारी परेको छ। तर, सदस्य पदमा भने आवश्यकभन्दा न्यून संख्यामा मात्र उम्मेदवारी परेको निर्वाचन समिति कास्कीले जनाएको छ।

नेपाली कांग्रेसको विधान अनुसार पोखरा महानगरमा १६५ सदस्यीय कार्यसमिति रहन्छ। अधिवेशनका लागि शुक्रबार भएको मनोनयन दर्तामा आवश्यकभन्दा ३१ जना सदस्य संख्या अपुग हुने गरी उम्मेदवारी परेको छ। जसमा महिला, दलित, जनजातिको कोटाका उम्मेदवारी सबभन्दा कम रहेको निर्वाचन समिति कास्कीले जनाएको छ।

पोखरा महानगर समितिको सभापतिका लागि सुरेन्द्रमान विजुक्छे, रामराज लामिछाने, मोहनप्रसाद बाँस्तोला, मिलनप्रसाद तिवारी, ज्योति हमाल र गंगाधर पराजुली उम्मेदवार बनेका छन्।

यस्तै, २ जना उपसभापतिका लागि कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बरालले उम्मेदवारी दिएका छन्।

महानगर समितिको २ जना सचिव पदका लागि गणेशबहादुर थापा, टुवराज बास्तोला र सुरेन्द्रबाबु तिवारीले उम्मेदवारी दिएका छन् भने २ जना सहचिवका लागि नरेन्द्र बाँस्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बाँस्तोला, शिवमोहन अधिकारी, सञ्जय आले र संघर्ष कोइरालाले उम्मेदवारी दिएका छन्।

कांग्रेसको विधानले कार्यसमितिमा निर्वाचित भएका व्यक्तिलाई कोषाध्यक्षमा मनोनयन गर्न सक्ने प्रावधान छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपूर्व नै पोखरा महानगरमा उम्मेदवारी दर्ता सुरू भइसकेको थियो।

सम्बन्धित् समाचार