गृहपृष्ठ खबर सिद्धार्थ क्याम्पस बाणगंगामा भोलिदेखि भौतिक उपस्थितिमा पढाई हुने

सिद्धार्थ क्याम्पस बाणगंगामा भोलिदेखि भौतिक उपस्थितिमा पढाई हुने

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको सिद्धार्थ क्याम्पस बाणगंगामा भदौ २९ गते अर्थात भोलि मंगलबारदेखि भौतिक उपस्थितिमा कक्षा सचालन हुने भएका छन् । सोमबार एक सुचना जारी गर्दै क्याम्पसले भौतिक उपस्थितिमा कक्षा सचालन हुने जनाएको हो ।

क्याम्पसमा सोमबार बसेको बैठकले अब भौतिक उपस्थितिमा कक्षा सचालन गर्ने निष्कर्ष निकाल्दै यस्तो निर्णय गरिएको क्याम्पस प्रमुख खेमराज शर्माले जनाकारी दिनुभयो । जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको दर घटेको र विभिन्न सरोकारवालासंगको छलफल विद्यार्थी एवम अभिभावकको सल्लाहअनुसार नै कक्षाहरु संचालन गर्न लागिएको क्याम्पस प्रमुख शर्माले बताउनुभयो ।

कक्षाहरु बिहान ६ः३० बजेबाट नै संचालन हुने क्याम्पसले प्रशासनले जनाएको छ । क्याम्पसले अहिले कक्षाहरु अनलाईन माध्यमबाट संचालन गरिएको र अब त्यसलाई भौतिक उपस्थितिमा संचालन गर्न लागिएको जनाएको छ ।

क्याम्पसले जारी गरेको सुचना अनुसार विभिन्न संकाय र तहअनुसार फरकफरक दिन कक्षाहरु संचालन गरिने छ ।

यस्तै ११/१२ को कक्षाहरु भने असोज ४ गतेदेखि संचालन हुने छन् ।

सम्बन्धित् समाचार