काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य सीपी गजुरेलले अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत नेपालको युरेनियम कब्जा गर्न खोजेको दाबी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीले राजधानीको खुल्लामञ्चमा गरेको विरोध सभामा गजुरेलले अमेरिकाले जबरजस्ती नेपाललाई एमसीसी सहायत दिन लागेको आरोप समेत लगाएका छन्।
‘एमसीसी मार्फत नेपाल प्रवेश गर्न खोज्दै छ अमेरिका। युरेनियम छ भन्ने पत्ता लागेको छ। युरेनियम कब्जा गर्न खोज्दैछ। नेपाल जलस्रोतको धनी देश हो जलस्रोत कब्जा गर्न खोज्दैछ,’ उनले भने।
गजुरेलले अमेरिकी सहायता परियोजना (युसएड) बाट पैसा दिए नेपालले लिन हुने समेत बताएका छन्।
‘तिमीलाई सहायता गर्न कसले रोकेको छरु युएसएडबाट ५० किन सय करोड डलर दिए नाइ भन्दैनौँ। खाए खा नखाए घिच जस्तो हामीले लिन्नौँ भन्छौँ उसले लिनै पर्छ किन भन्दै छरु,’ गजुरेलले प्रश्न गरे।
उनले एमसीसी सम्बन्धी बहसमा बुद्धिजिविहरुले युरेनियम कब्जा गर्ने लेखेको कहाँ छ भन्दै प्रश्न गरेकोमा आफूलाई अचम्म लागेको बताए। सम्झौतामा त्यस्ता विषय उल्लेख नहुने उनको भनाई छ।








