गृहपृष्ठ खबर अमेरिकाद्धारा नेपाललाई २३१ रनको लक्ष्य

अमेरिकाद्धारा नेपाललाई २३१ रनको लक्ष्य

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले नेपाललाई २३१ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ ‍गरेको अमेरिकाले ९ विकेटको क्षतिमा २३० रन जोड्यो।

अमेरिकाका लागि विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलले शतक प्रहार गरे। उनी शतक प्रहार गरे लगत्तै आउट भएका थिए। ४७औं ओभरमा विक्रम शोवको बलमा कुशल भुर्तेलबाट क्याच हुनुअघि उनले ११४ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

ओपनरद्वय स्टेभिन टेलर र सुशान्त मोदानीले क्रमशस् १४ रन र १६ रन जोडे। निषर्ग पटेलले २१ रन जोडे भने केन्जिगे १३ रनमा आउट भए। सुसन भारीले जसकरण मलहोत्रालाई ११ रन र संजय कृष्णमूर्तीलाई १३ रनमा आउट गरे।

करिमा गोरे १६ रनमा रनआउट भए। उनलाई सन्दीप लामिछानेले रनआउटको सिकार बनाए।

बलिङ नेपालका सन्दीप लामिछाने, विक्रम शोव र सुसन भारीले २-२ विकेट लिए। यो त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।

सम्बन्धित् समाचार