गृहपृष्ठ खबर एक दिनका लागि गाउँपालिका अध्यक्ष बन्न दलित किशोरीलाई अवसर

एक दिनका लागि गाउँपालिका अध्यक्ष बन्न दलित किशोरीलाई अवसर

प्रकाशित मिति:

विराटनगर : भारतीय सुपर हिट फिल्म ‘नायक’मा मुख्यमन्त्रीले आफ्नो अन्तर्वार्ता लिइरहेका टेलिभिजन पत्रकार शिवाजी रावलाई राज्य चलाएर देखाउन चुनौती दिन्छन् । शिवाजीको भूमिकामा रहेका अनिल कपुरले त्यसलाई स्वीकार मात्र गर्दैनन्, भ्रष्टाचार अन्त्य गरिदिन्छन् र राजनीतिमा प्रवेश गर्छन् ।

मोरङकी किशोरी सुस्मिता ऋषिदेवले पनि एक दिनका लागि बुढीगंगा गाउँपालिकाकी अध्यक्ष बन्ने अवसर पाएकी छन् । १२ कक्षाको तयारीमा रहेका उनलाई सिविन नेपाल, विराटनगरले सोमबार एक दिनका लागि गाउँपालिका अध्यक्ष बन्ने प्रस्ताव राखेको थियो । नायक फिल्म हेरेकी उनलाई शुरुमा त यो प्रस्ताव निकै अप्रत्याशित लागेको थियो, तर मंगलबार राष्ट्रिय बाल दिवसका अवसरमा उनी एक दिनका लागि गाउँपालिका अध्यक्ष बनेकी छन् ।

शुरुमा १६ वर्षीया ऋषिदेवलाई गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले आफ्नो जिम्मेवारी हस्तान्तरण गरे । दुईवटा कार्यालयको अनुगमन गरिन् र गाउँ कार्यपालिकाको बैठकमा सहभागी भएर तीनवटा निर्णय समेत गराएकी छन् ।

एक दिनका लागि गाउँपालिका अध्यक्ष बनेकी ऋषिदेवले स्थानीय कर्मवीर माध्यमिक विद्यालयको अनुगमन गरिन् । कोरोनाको त्रासका बीच विद्यालय खेल्ने तयारीमा रहेका शिक्षकहरुलाई बालबालिकाको मनोभावना बुझेर अध्ययन गर्न सुझाव दिइन् ।

सम्बन्धित् समाचार