गृहपृष्ठ खबर आजदेखि कक्षा १२ को परीक्षा

आजदेखि कक्षा १२ को परीक्षा

काठमाडौंः कक्षा १२ को अन्तिम परीक्षा आज९बुधबार०देखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार भौतिक उपस्थितिमै परीक्षा हुन लागेको हो। परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन्। बोर्डका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ।

परीक्षामा विद्यार्थीलाई होम सेन्टरको व्यवस्था मिलाइएको र ४ हजार ३१५ वटा परीक्षा केन्द्र तय भएको बोर्डले जनाएको छ।

यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो। तय भएको परीक्षा तालिका कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो।

सरकारले प्रवेशपत्रका आधारमा कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ। गत वर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो।

सम्बन्धित् समाचार