गृहपृष्ठ खबर मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी

मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी

प्रकाशित मिति:

मोरङ : प्रदेश १ को विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्यविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएर विशेष अधिवेशन माग गर्ने तयारीमा जुटेको छ । अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाविपरीत सरकारको आयु लम्ब्याउन खोजेका गठबन्धनको दाबी छ ।

संविधानको धारा १८८ ९२० अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने उल्लेख छ । सरकारले विश्वासको मत लिन असोज २२ गतेका लागि प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आह्वान गरिसकेको भए पनि विपक्षी गठबन्धन त्यसअघि नै विशेष अधिवेशनको तयारीमा जुटेको हो ।

मुख्यमन्त्री आचार्यले निर्वाचन आयोगले एमालेका १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएको निर्णय २५ गते गरेकोलाई आधार बनाएर ३० दिनभित्र अर्थात् असोज २३ गतेसम्ममा सदनमा विश्वासको प्रस्ताव राख्ने तयारी गरेका हुन् । तर प्रमुख प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धन दलले संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगको भदौ ९ गतेको निर्णयले एमाले विभाजित भएको हुँदा असोज ७ गतेभित्र मुख्यमन्त्री आचार्यले प्रदेशसभामा अविश्वासको प्रस्ताव राख्नुपर्ने अडानमा छन् ।

सम्बन्धित् समाचार