गृहपृष्ठ खबर एमालेको सहयोगबिना संसदबाट एमसीसी पास गर्न सरकारलाई प्रदीप ज्ञवालीको चुनौति

एमालेको सहयोगबिना संसदबाट एमसीसी पास गर्न सरकारलाई प्रदीप ज्ञवालीको चुनौति

प्रकाशित मिति:

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदिपकुमार ज्ञवालीले आफुहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौति दिनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण स् सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठिमा नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत भए पनि प्रतिपक्षीको सहयोगबिना एमसीसी संसदबाट पास गर्न चुनौति दिनुभएको हो ।

विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको हो भन्दै सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफुहरुको धारणा सार्वजनिक गर्ने स्पष्ट पार्नुभयो ।

नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताउनुभयो । यसले छिमेकी राष्ट्रहरुमा देशको विश्वसनीयतालाई कमजोर गराउने उहाँको तर्क छ ।

नेता ज्ञवालीले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको भन्दै सिमा समस्या नै नभएको चिनसँग समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको जिकिर गर्नुभयो ।

नेता ज्ञवालीले दुवै छिमेकी राष्ट्रहरुसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित् समाचार