गृहपृष्ठ खबर अल्जेरियाका पूर्व-राष्ट्रपति अब्देलअजीजको ८४ वर्षको उमेरमा निधन

अल्जेरियाका पूर्व-राष्ट्रपति अब्देलअजीजको ८४ वर्षको उमेरमा निधन

प्रकाशित मिति:

अल्जेरियाका पूर्व राष्ट्रपति अब्देलअजीज बुटेफ्लिकाको ८४ वर्षको उमेरमा निधन भएको छ। सेना र जनताको दबाबमा पदबाट राजीनामा दिएको २ वर्षपछि उनको निधन भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

फ्रान्सको उपनिवेशमा रहेको अल्जेरियाको स्वतन्त्रताको लागि लडेका बुटेफ्लिका एक अनुभवी नेता हुन्। सन् २०१९ मा राष्ट्रपतिय पदबाट राजिनामा दिनुअघि उनले उत्तर अमेरिकी मुलुकमा दुई दशकसम्म आफ्नो शासन चलाएका थिए। उनी सार्वजनिक स्थानमा विरलै देखा पर्ने नेताको रुपमा चिनिन्छन्।

सन् १९६२ मा अल्जेरिया फ्रान्सबाट स्वतन्त्र भएपछि पुर्व राष्ट्रपति बुटेफ्लिका अल्जेरियाको पहिलो विदेश मन्त्री बनेका थिए। असंलग्न आन्दोलनमा एक प्रभावशाली व्यक्तिको रुपमा चिनिने उनले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा बढि रुचाएका राजनीतिज्ञ हुन्।

चे गुयभारा र नेल्सन मन्डलालाई उनले अल्जेरियामा आफ्नोतर्फबाट पहिलो प्रशिक्षण दिएका थिए।

सम्बन्धित् समाचार