गृहपृष्ठ खबर हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण भइरहेको छ- दाहाल

हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण भइरहेको छ- दाहाल

प्रकाशित मिति:

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन् । सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका नेतामा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको उनको भनाइ थियो । उनले समाजको विकास र न्यायका निम्ति पनि पार्टी र आफूहरुमा रुपान्तरण देखिनुपर्ने बताए ।

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाए पनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको आरोप लगाएको बताए । नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको उनको आरोप थियो ।

थोरै मिहेनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने उनको दाबी थियो । माओवादी केन्द्रले मात्रै साँचो अर्थमा समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउन सक्ने उनको भनाइ थियो ।

सम्बन्धित् समाचार