गृहपृष्ठ खबर एकैदिन २ हजार ९५७ संक्रमणमुक्त, ९७५ कोरोना संक्रमित थपिए

एकैदिन २ हजार ९५७ संक्रमणमुक्त, ९७५ कोरोना संक्रमित थपिए

प्रकाशित मिति:

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार देशभर गरी ९७५ जना संक्रमित थपिएका हुन् । हालसम्म संक्रमितको संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ ।

यस्तै २४ घण्टामा २ हजार ९५७ निको भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ५२ हजार १७० रहेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८ जनाको मृत्यु छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण ४१ लाख ३ हजार ८८६ पुगेको छ । सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ र २६४ जना क्वारेन्टाइनमा रहेका छन् ।

सम्बन्धित् समाचार