गृहपृष्ठ खबर काराबाओ कप सिटीको जित

काराबाओ कप सिटीको जित

प्रकाशित मिति:

एजेन्सी : उपाधि दाबेदारहरु म्यान्चेस्टर सिटी र लिभरपुल काराबाओ कप फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।

साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो श्रेणीको वाइकोम्बीलाई ६–१ ले पाखा लगायो । गएराति भएको अर्को खेलमा लिभरपुलले नरिच सिटीमाथि ३–० को जित निकाल्दा ब्रेन्टफोर्डले ओल्डह्याममाथि ७–० को फराकिलो जित निकाल्यो ।

गएरातिका अन्य खेलहरुमा विजयी हुँदै बर्न्ले, लिड्स युनाइटेड, साउथह्याम्पटन, स्टोक सिटी र सण्डरल्याण्ड पनि राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।

 

सम्बन्धित् समाचार