गृहपृष्ठ खबर ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

प्रकाशित मिति:

काठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग ९ईपीएल० नखेल्ने भएका छन् । ललितपुर प्याट्रिओट्सका कप्तान रहेका मल्लले व्यक्तिगत कारणबाट ईपीएल खेल्न नसक्ने भनी क्लबलाई जानकारी गराएका छन् ।

ललितपुर प्याट्रिओट्सले बिहीबार एक विज्ञप्ति जारी गरी कप्तान मल्लले क्लबका सिईओ निरज कोइरालालाई इमेल लेखी आफूले यो संस्करणको ईपीएल खेल्न नसक्ने जानकारी गराएका छन् ।

ईपीएल असोज ९ देखि २३ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ ।

सम्बन्धित् समाचार