काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको जानकारी दिए ।
कोभिड–१९ ले रोकिएको परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार सकिएको थियो । उनका अनुसार सम्भवतः सबै उत्तरपुस्तिका जाँच गर्ने काम सकिएमा कात्तिक महिनाभित्रै नतिजा प्रकाशित गरिनेछ ।
करिब ४ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन् । बोर्डले परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गरेको थियो ।










