काठमाडौँ : बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि रद्द भएको छ ।
सोमबार लगातार दोस्रो खेल रद्द भएको हो । सोमबारको पहिलो खेल काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको खेल रद्द भएको थियो ।
दुवै खेल कुनै बल नफ्याँकी रद्द भएको हो । अघिल्लो दिनको वर्षाले नै मैदान भिजाएका कारण खेल अवरुद्ध बनाएको थियो । त्यसमा दिउँसो २ बजेपछि पुनस् वर्षा भएपछि मैदान खेल्नको लागि असम्भव भएको हो ।
आयोजकले सोमबार बिहान र दिउँसोको दुवै खेलको तालिकालाई पुनर्तालिकीकरण गर्ने बताएको छ ।