गृहपृष्ठ खबर बाँकेका सम्पूर्ण विद्यालय संचालनमा

बाँकेका सम्पूर्ण विद्यालय संचालनमा

बाँके : बाँकेका सम्पूर्ण विद्यालय संचालनमा आएका छन् । जिल्लामा रहेका २२१ सामुदायिक र २९८ संस्थागत विद्यालय संचालनमा आएका हुन् । जिल्ला शिक्षा समन्वय अधिकारी रामसुरेश यादवका अनुसार जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी)को सिफारिसमा स्थानीय तहले विद्यालय संचालनको अनुमति दिएको हो ।

कोरोनाको जोखिम नभएको पालिकामा स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी विद्यालय संचालन गर्न अनुमति दिएको जानकारी स्थानीय तहले जिल्ला समन्वय कार्यालयलाई गराएका उनले बताए ।

तर, जिल्लाका अधिकांश विद्यालयले कक्षाकोठा निर्मलीकरण नगरेको गुनासो आएको यादवले बताए। यद्यपि, अनुगमनका क्रममा त्यस्तो नभेटिएको उनले स्पष्ट परे ।

सम्बन्धित् समाचार