गृहपृष्ठ खबर पुलिस र गलकोट स्पोर्टस् क्लब एनभिए क्लब च्याम्पियनसिपको शीर्ष स्थानमा

पुलिस र गलकोट स्पोर्टस् क्लब एनभिए क्लब च्याम्पियनसिपको शीर्ष स्थानमा

प्रकाशित मिति:

काठमाडौं : नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस क्लब छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपको शीर्ष स्थानमा पुगेका छन् ।पुलिसले दोस्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो ।

गलकोटले प्रदेश २ माथि जित निकाल्दै तीन अंक जोडेको छ । गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१ र २५–१८ ले पराजित गरेको हो । सोमबार दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी सुरुवात गर्दै बागमती प्रदेशमाथि २५–१६, २५–१३ र २५–१२ को जित निकाल्दै ३ अंक जोडेको छ ।

यस्तै गण्डकी प्रदेशले दावाँली मिलन क्लबमाथि ३–१ को जित निकाल्यो । आजकै अन्तिम खेलमा नयाँ बजार युवा क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।

प्रतियोगितामा मंगलबार पुरुषतर्फ टिपटप हेल्प नेपाल र प्रदेश २, मणिमुकुन्द र गण्डकी, आर्मी र नयाँ बजार युवा क्लब तथा एपिएफ र बुढानिलकण्ठ भलिबल क्लबबीच खेल हुनेछ ।

महिलातर्फ एपिएफ र ढोरपाटन स्र्पोट्स् क्लब तथा न्यू डायमण्ड र एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित् समाचार