काठमाडौं : ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केबल टेलिभिजन व्यवसायीहरूको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले सरकारले सञ्चारलाई गाउँ–गाउँमा पुर्याउने काम निजी क्षेत्रले गरिरहेको बताउनुभयो ।
मन्त्री भुसालले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइलमा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रले व्यवसाय र पेशामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेशागत जीवनमा परेका समस्या र चुनौतिहरूलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने बताउनुभयो ।








