गृहपृष्ठ Featured नेपाली कांग्रेस वाणगंगा नगर सभापतिमा विष्णु थापा निर्वाचित

नेपाली कांग्रेस वाणगंगा नगर सभापतिमा विष्णु थापा निर्वाचित

प्रकाशित मिति:

 कपिलवस्तु : नेपाली कांग्रेस वाणगंगा नगरपालिकाको नगर सभापतिमा विष्णु थापा निर्वाचित हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा थापा सभापतिमा निर्वाचित हुनुभएको हो ।

उहाँले आफ्ना प्रतिस्पर्धी विरेन्द्र श्रेष्ठ, रविराज आचार्यलाई पछि पार्दै नगर सभापति जित्नुभएको हो । थापा वाणगंगा नगरका पूर्व पार्टी उपसभापति समेत हुनुहुन्थ्यो ।

यस्तै उपभापतिमा भवान दास चौधरी, रमेशचन्द भुसाल, सचिवमा सूर्य प्रसाद बराल, गोबिन्द प्रसाद आचार्य, सह-सचिवमा सुबास पौडेल, सान्ता पोखरेल निर्वाचित हुनुभएको छ ।

सम्बन्धित् समाचार