नेकपा एमालेले उपमहासचिव नराख्ने भएको छ। विधान महाधिवेशनमा पेस गरिएको विधान संशोधन प्रस्तावमा यसअघि व्यवस्था भएको उपमहासचिव नराख्ने गरी हेरफेर गरिएको हो। यसअघि १४ जना पदाधिकारी रहेका भए पनि अब १३ जना रहनेछन्। जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, ६ सचिव रहनेछन्।
केन्द्रीय कमिटीमा कम्तीमा एकतिहाइ महिला रहनुपर्ने व्यवस्था गरिएको छ। कुल दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ। प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीका पदेन सदस्य रहनेछन्।








